• विजय अधिकारी । ( संवाददाता ) लमजुङ २१ माघ २०८१ सोमवार । सरकारका प्रवक्ता एवं सञ्चार तथा संञ्चार मंत्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको संकेत गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा हिंजो उद्घाटन गर्दै गुरुङले यस्तो संकेत गरेका हुन् ।

‘संविधान कार्यान्वयन गर्दा कहाँ समस्या पर्यो, हामी पहिचान गर्छौं । आवश्यक परे संविधान संशोधन हुन्छ ।’ – मन्त्री गुरुङले भने
उनले भने-‘हामीले सरकार गठन गर्ने बेला भनेका थियौं । राष्ट्रिय सहमति बाट नै संविधान संशोधन हुन्छ । हामी छलफल गर्छौं, विषय पहिचान गर्छौ, दुई वटा पार्टीले पहिचान गरेपछि सत्ताका अरु पार्टी सँग सल्लाह गर्छौं,’ । उनले भने ।

उनले थपे -‘मुलुकको विकास र अग्रगतिका लागि संविधान संशोधन आवश्यक रहेको छ ।” हामी पनि हाम्रो संविधान गतिशील संविधान बनाउन चाहन्छौं, जनताको हित गर्ने संविधान बनाउन चाहन्छौं, मुलुकको समृद्ध गर्ने संविधान बनाउन चाहन्छौं ।’

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य जमिन्द्रमान घले,जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ,बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल,नेपाली काग्रेंस लमजुङका जिल्ला सचिव कृष्ण बहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष गुरुङका अनुसार-तीनतले भवनमा २८ वटा कोठा रहेको र भवन सम्पन्न भए सँगै जनतालाई सेवा प्रवाह गर्न सहज भएको जानकारी दिदै भवनको कूल रु.८ करोड ९७ लाख ९६ हजार ४ सय ७१ लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा २०८० जेठ २३ गते रु.५ करोड ९७ लाख ६६ हजार ७ सय ४ रुपैयाँ मा भवन निर्माणको सम्झौता गर्दै काम अगाडि बढेको बताए ।

भवन निर्माणका लागि सङ्घीय सरकार र मस्र्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरी भ्याट सहित रु. ५ करोड ९७ लाख ६६ हजार ७ सय ४ रुपैयाँ मा भवन निर्माणका लागि सम्झौता गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले जानकारी दिए ।





















