हेडलाईनसमाचारप्रदेशनगरपालिका /गाउँपालिका

जागरण मिडिया सेन्टरको सचिवमा तनहुँका पत्रकार पूर्ण  बि. के.

प्रहार समाचार । तनहुँ, २० माघ २०८१ आइतवार ।  जागरण मिडिया सेन्टरको केन्द्रीय सचिवमा तनहुँका सक्रिय पत्रकार पूर्ण बि. क. मनोनित भएका छन् ।

क्यासमिरी साप्ताहिका सम्पादक एवं नेपाल टेलिभिजनका संवाददाता समेत रहेका बि. के. हिजो काठमाडौंमा सम्पन्न  जागरण मिडिया सेन्टरको २५औं साधारणसभाबाट सचिवमा मनोनित भएका हुन् ।

पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष समेत रहेका बि. के. सचिवमा मनोनित भएपछि जातिय विभेद विरुद्धको यात्रामा खरो रूपमा सहमती र सहकार्यका  साथ अगाडी बढ्ने बताए । यस अघि उनि सेन्टरको केन्द्रीय सदस्य थिए । बि. के. गत माघ १२ गते बन्दिपुरमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ  गण्डकी प्रदेशको अधिवेशनबाट अध्यक्षमा समेत  निर्वाचित भैसकेका छन् । यसरी अब उनको काँधमा दोहोरो जिम्मेवारी थपिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button