हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा ग्याँस ट्याङकर दुर्घटना : एक भारतीय नागरीकको ज्यान गयो

प्रहार समाचार । तनहुँ,२० माघ २०८१ आइतवार । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका – १२ कमलबारी, गोल्लामा भारतीय ग्याँस बुलेट ट्याङ्कर दुर्घटना हुँदा भारतीय नगरिकको ज्यान गएको छ ।  

मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ न. को ग्यास बुलेट ट्याङकर दुर्घटना हुँदा मृत्यु भएको हो । सडकको घुम्तिको कुनामा पल्टिन गई दुर्घटना हुँदा उक्त ट्याङकरको चालक भारतको विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने वर्ष ३६ को श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।


घाइते भएका चालक श्रीकान्तलाई तत्काल उद्धार गरि उपचारका लागि   दमौली आपतालमा लगिएकोमा शनिबार साँझ ८ः२२ दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।  श्रीकान्तको  लाश सोही अस्पतालको शव गृहमा राखिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button