हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

दोस्रो राम ज्योति कप फूटबल प्रतियोगिताको उपाधि निर्मल मा. वि. व्यास १ लाई

प्रहार समाचार । तनहुँ, १९ माघ २०८१ शनिवार  । तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न  दोस्रो रामज्योति कप  फुटबल प्रतियोगिता २०८१ को उपाधि व्यास १ हाइस्कूलटारमा रहेको निर्मल मा.वि.को पोल्टामा परेको छ। उपाधि जितेर पहिलो भएसङ्गै उस्ले नगद ३५ हजार ५ सय ५५ सहित मेडल ट्रफी र  प्रमाण पत्र प्राप्त गऱ्यो । तस्विरहरु: प्रहार अनलाईन मिडिया

निर्मल मा.वि.ले ४-१ ले वराही मावि फराकचौरलाई पराजीत गर्दै पहिलो उपाधि जित्न सफल भएको थियो । व्यास नगरपालिका वडा नं ४ मा रहेको राम ज्योति इङ्ग्लिस बोर्डिङ  स्कुलको आयोजनामा गत माघ १५ गते बाट सुरु भएको प्रतियोगितामा बाराही मा. वि.  उप विजेता बने संङ्गै १८ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल ट्रफी र  प्रमाण पत्र गर्न सफल भयो।

प्रतियोगितामा निर्मल मा. वि. का सुनिल परियार उत्कृष्ट गोलकर्ता घोषित भए ।

निर्मल मा.वि.कै बेल बहदुर किजी मगर उत्कृष्ट किपर र मिलन थापा उत्कृष्ट खेलाडी घोषित भए । 

सत्यवती मा. वि. का सुमित राना वेष्ट डिफेण्डर घोषित भएका खेलकुँद संयोजक अनिल न्यौपानेले बताए ।

विजयी खेलाडीहरुलाई ३ का वडा अध्यक्ष अनुप राना, नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष दिपेन्द्र बहादुर चौहान,  नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनाल, नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, व्यास ४ का वडा सदस्य सरोज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसुन्धरा घर्ती , विद्यालयका प्रिन्सिपल विपिन गौली लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा व्यास नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । 

विद्यार्थी भाइबहिनीहरूमा फुटबल खेलप्रति अभिरुचि जगाउने उद्देश्यले दोस्रोपटक प्रतियोगिता आयोजना गरिएको रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौलीले बताए ।

प्रतियोगिता 11 A साइड भइरहेको र यस प्रतियोगिताले व्यास नगरपालिका भित्रका विद्यार्थीहरुमा फूटवल खेलप्रति अभिरुचि जगाउने विश्वास  खेल संयोजक अनिल न्यौपानेले लिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसुन्धरा घर्तीको सभापतित्वमा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button