हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेस भीमदत्त  नगर सभापति कलौनी  मृत अवस्थामा  भेटिए

प्रहार समाचार । धनगढी, १९ माघ २०८१ शनिवार । नेपाली कांग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी आज बिहान मृत अवस्थामा  भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनि भीमदत्त नगरपालिका वडा नं. १८ को मामाभान्जा चोक नजिकै मृत अवस्थामा भेटिएको जानकारी दिए । 

उनका अनुसार बिहान पौने ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए । सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको हो । तालिम प्राप्त कुकुरहरुको प्रयोग गरेर धनगढी प्रहीले घटनाको अनुसन्धानलाई अगाडी बढाएको जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button