हेडलाईनव्याससमाचारगण्डकी

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेश अभ्यासवर्ग दमौलीमा  सम्पन्न

प्रहार समाचार । तनहुँ, २० माघ २०८१ आइतवार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेश को तीन दिने अभ्यासवर्ग दमौलीमा सम्पन्न भएको छ।
पराशर ऋषिको तपोभूमि व्यास ५ , पराशर आश्रम दमौलीमा माघ १७ गते विहिवारबाट सुरु भई हिंजो उक्त अभ्यासवर्ग सम्पन्न भएको हो ।

अभ्यासवर्गमा परिषद्का राष्ट्रिय अध्यक्ष डा.गोपीचन्द कण्डेल, राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी,  राष्ट्रिय संगठन सचिव रमेश कंडेल, गण्डकी प्रदेशअध्यक्ष दीपक रेग्मी, प्रदेश सचिव दीप्सन गुरुङ, प्रदेश संगठन सचिव नारायण तिम्सिना लगायतले अभ्यास वर्ग फलदायी तथा परिणाम मुखी भएको बताए ।

अभ्यास वर्गमा व्यावहारिक  ज्ञान अन्तर्गत विद्यार्थीहरूलाई माइन्यूट लेखन, चिठी लेखन, प्रपोजल लेखन, कार्यक्रम सञ्चालन र नेतृत्व विकास गर्ने जस्ता विविध सिपहरु विद्यार्थीहरुलाई  सिकाइएको प्रदेश संगठन सचिवनारायण तिमिल्सिनाले जानकारी दिए।

अभ्यासवर्गमा गण्डकी प्रदेशका ५२ जना  विद्यार्थीको सहभागिता रहेको व्यास नगर एकाई समितिका नगर  सचिव आकाश वि.क. ले जानकारी  दिए । कार्यक्रमको समापन गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिलसेनाले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button