हेडलाईनसमाचारप्रवास

अमेरिमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा ६४ जनाको मृत्यु

प्रहार समाचार । काठमाडौं, १८ माघ २०८१ मेरिकाको राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यी सबैको शव नदीबाट निकालिएको हो ।

अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान आकाशमा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो । दुर्घटनापछि विमान पोटोमाक नदीमा खसेको थियो । त्यहाँबाट सबै ६४ जनाको शव निकालिएको हो ।
बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वाशिङ्टन डीसी जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोमाक नदीमा खसेको थियो ।

यसैबीच शुक्रबार बिहान खतरनाक परिस्थितिका कारण गोताखोर टोलीले यो अपरेशन रोकेको बीबीसीको समाचारमा उल्लेख छ । दुर्घटनाग्रस्त विमानको भग्नावशेष खोलाबाट निकालेर अवस्था सुरक्षित भएपछि गोताखोरहरूले खोजी कार्य पुनः सञ्चालनमा ल्याउने बताइएको छ । 

खोजी कार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरुले बताएका छन् ।
बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो । सीबीएसका अनुसार ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने छ । – नेपाल भ्यूजबाट

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button