प्रहार समाचार । तनहुँ, १८ माघ २०८१ शुक्रवार । ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ मुख्य नारा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्रगत सय दिने अभियान तनहुँमा आज सम्पन्न भएको छ।



कार्यक्रममा बोल्दै केन्द्रिय सदाय एवं नेका तनहुँका पूर्व सभापति ध्रुव वाग्लेले केन्द्रदेखि जिल्ला तहमा हार्दिकता हुनु पर्ने बताए । पार्टीलाई पुरानै धरोहरमा, पुरानै नैतिकतामा र पुरानै विश्वासमा पुऱ्याउँदै नयाँ युवाहरुमा पार्टी प्रति आकर्षण र भरोषा जगाउनु पर्ने बताए ।

पूर्व सभापति रघुनाथ पौडेलले विधान अनुरूप कांग्रेस लाग्नुपर्ने बताउँदै जनताको प्रत्यक्ष सरोकार राख्ने जनजिविका सबालमा कांग्रेसले के गऱ्यो ? भन्ने प्रश्न गर्दै प्रजातन्त्रिक पार्टीले पदीय दायित्व लिएका व्यक्तिहरुले विकास निर्माण र संगठन सुद्रिधिकरणमा के कति काम गऱ्यो समिक्षा गर्नु पर्ने बेला आएको बताए ।
उपसभापति देवकुमार श्रेष्ठ , प्रदेश सभा २ ‘१’ का सभापति जितराज राना , क्षेत्र नं १ का क्षेत्रिय सभापति श्याम मौरती लगायतले कांग्रेसलाई नयाँ उर्जाका साथ अगाडी बढाउनु पर्ने बताएका थिए । पार्टी सभापति जित प्रकाश आलेको सभापतिम सम्पन्न कार्यक्रमको सहजिकरण पार्टी सचिव सहदेव अधिकारीले गरेका थिए ।

त्यस अबसरमा राष्ट्रिय भूमि आयोज तनहुँका नव नियुक्त अध्यक्ष गोविन्द सिलवाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ तनहुँका अध्यक्ष बालकुमारी रेम्मी, नेपाल दलित संघ केन्द्रीय सदस्य कृष्ण रुचाल, प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदार, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्र शुक्ला गण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायलाई सम्मान गरिएको थियो ।




























