हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकाको आकाशमा  विमान हेलिकोप्टरसँग ठोक्कियो :१८ जनाको मृत्यू , धेरै यात्रु हराए

प्रहार समाचार । अमेरिका, १७ माघ २०८१ बिहीवार ।  अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् । सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । 

खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । 

अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । “हामी ती सबैको बारेमा चिन्तित छौं,” एअरलाइनले भन्यो, “हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । आपत्‌कालीन टोलीलाई मद्दत गर्दैछौँ ।” वाशिङ्गटन डीसीको आपत्‌कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । 

.
डीसी फायर र ईएमएस विभागकाअनुसार विमान हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । विभागले एक्समार्फत फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको छ । – नेपाल भ्यूजबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button