हेडलाईनसमाचारप्रदेशखेलकुद

त्रिकोणात्मक टी-२० शृङ्खला आजबाट : नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

प्रहार समाचार । काठमाडौँ, १७ माघ २०८१ बिहीवार । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला आजबाट शुरू हुँदैछ। 

आज मध्याह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ । शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए । खेल माघ २५ गतेसम्म सञ्चालन हुने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button