हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज सोनाम ल्होछार : तामाङ समुदायले विविध कार्यक्रमगरि  मनाउँदै

प्रहार समाचार । तनहुँ, १७ माघ २०८१ बिहिवार । आज सोनाम ल्होछार पर्व मनाइँदै छ । तामाङ समुदायहरको  महत्वपूर्ण पर्व ल्होछार विविध कार्यक्रम आयोजना गरी   हर्षोल्लासपूर्वक मनाइँदै छ। 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । राजधानी काठमाडौंको टुडिखेल लगायत देशका अन्य भागमा पनि यो पर्व मनाइँदै छ।

आज  तनहुँको सदरमुकाम दमौलीमा तामाङ समुदायहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन्। सोनाम ल्होछारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button