हेडलाईनसमाचारगण्डकी

लमजुङको लोकराज आदर्श मा. वि. को ६७ औं वार्षिकोत्सव  सम्पन्न

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, १७ माघ २०८१ बिहीवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-११,कार्की डाँडामा रहेको लोकराज आदर्श माध्यमिक विद्यालयको ६७ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सवको  हिंजो समारोहको संबिधान सभाका माननीय सदस्य जमिन्द्रमान घलेले हिजो  उद्घाटन गर्दै हरेक दिन विद्यार्थीले म पहिलो हुन्छु भन्दै मेहनत गरेर पढ्नु पर्ने बताउँदै शिक्षकहरु  सुचना तथा सञ्चार प्रविधिसंग दक्ष हुनुपर्ने बताए ।


कार्यक्रममा नेकपा एमालेक लमजुङका अध्यक्ष राजकुमार बिष्ट, बेसीशहर नगरपालिका वडा नम्बर-११,का वडा अध्यक्ष शिवप्रसाद जोशी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक घनबहादुर कुताल, बाल विकास  मा.वि.का अध्यक्ष प्रेमद्द्त्त सेढाई, जनकल्याण मा.वि.का प्र.अ.मिनबहादुर जोशी, शान्ति भवन प्रा.वि.का प्र.अ. धुर्वशाली पन्त लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजनारायण मण्डलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन साथै  विद्यालयको शैक्षिक र भौतिक अवस्था, व्यवस्थापकिय पक्षको बारेमा जानकारी सँगै आर्थिक वर्ष २०८०/०८१ को १ करोड ९ हजार  ५ सय ३५ रुपैया रुपैया बरावरको आय व्यय सार्वजनिक गरेका थिए ।


सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षका रूपमा  प्र.अ.तेजनारायण मण्डल, शिक्षक बिष्णु बुढा, सरस्वती आचार्य के.सी., सरला जोशी र दिपा भण्डारीलाई सम्मान गरिएको थियो भने विद्यालय सहयोगी पार्वती सेढाईलाईपनि सम्मान गरिएको थियो ।

त्यस्तै  अभिभावक सम्झना सिलुवाल, शोभा तिवारी, राममाया तामाङ  र मनमाया वि.क.लाई उत्कृष्ट अभिभावकको रूपमा सम्मान गरिएको विद्यालयका सल्लाहकार समितिका संयोजक घनबहादुर कुतालले प्रहार समाचारलाई जानकारी दिए ।


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर बिष्ट कुतालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक रामशरण शर्मा, लुईटेलले उपस्थित सबैलाई स्वागत गरेका थिए भने  कार्यक्रमको सहजीकरण  सहायक प्रधानाध्यापक गोविन्दराज जोशीले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले गित, नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button