प्रहार समाचार । तनहुँ, ८ माघ २०८१ मङ्गलवार । विज्ञान शिक्षक समाज व्यास नगर कार्य समितिको आयोजनामा गत मंसिर १५ गते सम्पन्न व्यास नगर स्तरिय विज्ञान प्रदर्शनी कार्यक्रमको पुरस्कार वितरण कार्यक्रय आज सत्यवती माविको सभा हलमा सम्पन्न भएको छ।

१३ विद्यालयहरुका छात्र छात्राहरुले भाग लिएको उक्त प्रतियोगितामा व्यास १ भादगाउँमा रहेको निर्मल माध्यामिक विद्यालयका छात्र छात्राहरु प्रथम भएका थिए । जित सङ्गै उनिहरुले नगद २० हजार , प्रमाण पत्र र विज्ञान सामाग्रीहरु प्राप्त गरे ।

यस्तै प्रतियोगितामा सर्वज्योति मा वि का छात्र छात्राहरु द्वितीय भई नगद १५ हजार, प्रमाण पत्र र विज्ञान सामाग्रीहरु प्राप्त गरे ।

प्रतियोगितामा सत्यवतीका छात्र छात्राहरुले तृतीय भए सङ्गै नगद १० हजार, प्रमाण पत्र र विज्ञान सामाग्रीहरु प्राप्त गरे भने सतिश इङ्लिस बोडिङ स्कूलका छात्राहरु सान्त्वना भई नगद ५ हजार, प्रमाण पत्र र विज्ञानका सामाग्रीहरु प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा विजयी छात्र छात्राहरु तथा सम्बन्धित विद्यालयका विज्ञान शिक्षकहरुलाई नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आर सी), सत्यवती मा वि का प्रअ पुष्पकला भट्टराई, विज्ञान शिक्षक समाज व्यास नगर कार्य समितिका अध्यक्ष सुनिल पौडेलल लगायतले संयुक्त रूपमा पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आर सी) विद्यार्थीहरुमा अथाह सम्भावना र सिपको भण्डार हुने भएकाले उनिहरुको प्रतिभालाई बाहिर ल्याउन यस्ता प्रतियोगिताले हौसला प्रदान गर्ने बताए ।

सत्यवती मा वि का प्रधानाध्यापक पुष्पकला भट्टराईले कार्यक्रमले विद्यार्थीहरुको अन्तर्रनिहित प्रतिभाको प्रस्फूटन गराउन महत्वपर्ण भूमिका रहने बताउँदै पठन पाठन सङ्गै विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनु पर्ने बताइन् ।

कार्यक्रम रिब्यूल नेपाल एजुकेशन फाउण्डेशनको सहयोगमा भएको फाउण्डेशन तनहुँका प्रतिनिधि दिपेन्द्र सापकोटाले बताए । उनले आगामी दिनमा पनि याता अतिरिक्त कार्यक्रमहरु संस्थाले गर्दै जाने बताए ।
विज्ञान शिक्षक समाज व्यास नगर कार्य समितिका अध्यक्ष सुनिल पौडेलको सभापतित्वमा सम्पन्न उक्क्त कार्यक्रमको सहजिकरण समाजका सचिव श्रीकृष्ण लामिछानेले गरेका थिए।


























