हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ९ माघ २०८१ बुधवार । आज  देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका  कारण   कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ।

यस्तै  तराईका धेरै भू–भागमा बिहानै देखि बाक्लो हुस्सु लागेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै विभागले तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button