हेडलाईनव्याससमाचारप्रदेश

कृषि विभागका पूर्व महानिर्देशक एवं वागवानी विज्ञ तनहुँका कैनीको निधन

प्रहार समाचार । तनहुँ, ९ माघ २०८१ बिहीवार । कृषि विभागका पूर्व महानिर्देशक एवं वागवानी विज्ञ भैरवराज कैनीको निधन भएको छ। स्व. कैनीको ७८ वर्षको उमेरमा हिंजो विहान ३:३० बजेको समयमा हृदयाघातको कारण राजधानी काठमाडौंमा मृत्यू भएको पारिवारिक श्रोतले जनाएको छ।

कैनीको २००३ सालमा बुबा स्व नारायण दत्त कैनी तथा आमा मीना कैनीको साहिँलो सन्तानको रूपमा  तनहुँ जिल्लाको तत्कालीन कर्लुङ् गाउँ पञ्चायत (हाल: व्यास नगरपालिका वडा नं. १२ ) स्थित कैनी थरमा वि. सं. २००३ सालमा जन्म भएको थियो। कैनीले प्रारम्भिक शिक्षा स्थानीय स्तरमा नै धुले पाटीमा लेखेर शुरु गर्दै पछि भानु मा.वि. बन्दीपुरमा निरन्तरता दिँदै एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए ।


नेपाल सरकारको कोलम्वो प्लान अन्तर्गत कृषि विषय अध्ययन गर्नका निमित्त भारतको राजस्थानबाट बिएस्सी एजी उत्तीर्ण कैनीले विश्वविद्यालय अध्ययनका क्रममा नेपाल छात्र संगठनको सभापतिका रुपमा समेत भूमिका निभाएका थिए ।


पढाई सकेर नेपाल फर्केर उनले लोकसेवा उत्तीर्ण गरी नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत गर्दै मार्फा कृषि फार्म, सिन्धुलीको जुनार खेती तथा धनकुटाको पारिपात्ले कृषि केन्द्रको विकास र उत्थानमा योगदान पुऱ्याएका थिए । त्यसपछि कैनीले २०४० मा न्यूजिल्याण्डबाट कृषि विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरि नेपाल सरकार अन्तर्गत सहसचिव हुँदै कृषि विभागको महानिर्देशक सम्म भएर काम गरेका थिए ।


विगत १८ वर्षदेखि सरकारी सेवाबाट निवृत्त जीवन बिताएका कैनीले विभिन्न पत्र पत्रिका, रेडियो र टेलिभिजनमा आफ्ना लेख रचना तथा अन्तर्रवार्तहरु दिदै विभिन्न गोष्ठी, सेमिनार तथा तालिमहरुका माध्यमबाट आफ्ना सीप तथा ज्ञान बौड्दै आएका थिए ।


कैनीका दुई श्रीमतीमध्ये जेठी श्रीमती भैरव कुमारीको केही वर्ष पहिले नै निधन भ‌इसकेको छ भने हाल श्रीमती रीता कैनी, छोराहरु सुरेश राज र भानु कैनी तथा छोरीहरू मालती कैनी तथा रमा कैनी खनिया लगायत २ बुहारीहरु बिमला र निरु तथा ३ नाती र ३ नातिनीहरु रहेका छन्। स्वर्गीय कैनीको आज पशुपति आर्यघाटमा परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको ब छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button