प्रहार समाचार । बुटबल,९ माघ २०८१ बुधवार । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ । भोलि थुनछेक बहस हुने भएको छ

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । अब थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ।


























