प्रहार समाचार । तनहुँ , ८ माघ २०८१ मङ्गलवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेलाई आज भैरहवा लगिएको छ।

पूर्व गृह मन्त्री समेत भएका लामिछाने विरुद्ध विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि आज भैरहवा लगिएको लामिछानेको सचिवालयले जनाएको छ।
सशस्त्र प्रहरीका जवानसँग हात मिलाउँदै लामिछाने :
यसै बिच लामिछानेले प्रफूल्तित मुद्रामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानसँग हात मिलाएका । तस्विरमा उनले हात मिलाएको प्रष्ट देख्न सकिन्छ।

तस्बिर : लामिछानेको सचिवालय


























