हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको छिर्कनमा मोटरसाईकल दुर्घटना : आमा छोराको मृत्यू

प्रहार समाचार । तनहुँ, ८ माघ २०८१ मङ्गलवार । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका वडा नं १२ तल्लो छिर्कनमा आज बिहान  मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको निधन भएको छ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग. प्र.००३ -००१ प ३१० नम्बरको मोटर साईकल अचानक अनियन्त्रीत भई सडकको बायाँ तर्फको कल्भडमा ठोक्किन पुगेको थियो । 


दुर्घटनामा तनहुँको ऋषिङ गाउँपालिका वडा नं ६  चालिसे घर भई हाल ऋषिङ ५ पाटन बस्ने १९ वर्षिय सन्दिप आले र सोहि स्थान बस्ने ४० बर्षिय मधु मायाँ आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । उनिहरु नाताले आमा छोरा हुन्। विहान सबेरै उठेर उनिहरु गोरखकाली मन्दिरको दर्शकका लागि गएको पारिवारिक श्रोतले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button