प्रहार समाचार । तनहुँ,८ माघ २०८१ मङ्गलवार । महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्षमा संचारकर्मी अञ्जु दाहाल र प्रथम उपाध्यक्षमा संञ्चार कर्मी अस्मिता खनाल चयन भएकी छन्।

हिंजो दमौलीमा सम्पन्न साधारण सभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको द्वितीय उपाध्यक्षमा बिमला दवाडी, सचिवमा सुनिता आचार्य, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा सावित्रा कोइराला लाई सर्व सम्बत चयन गरेको हो ।
समितिको सदस्यहरुमा भूमिका आले, मनिता पन्थ, बिन्दु नैनाबस्ती, मुन्नी खातुन र गोमा तिवारी चयन भएका छन् ।
समाजको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), र समाजकी सस्थापक अध्यक्ष प्रकृति खनाल चयन भएका छन् । जिल्लामा क्रियाशिल सञ्चारकर्मी तथा सञ्चारसम्वद्ध संघसंस्थामा आवद्ध महिलाहरुको हक हितका लागि काम गर्ने उद्देश्यले महिला सशक्तीकरण संचार समाज तनहुँको स्थापना गरिएको बताइएको छ।

नव निर्वाचित अध्यक्ष दाहलले आधा आकाश ढाकेका शोषित पीडित महिलाहरुको आवाज कलमका माध्यमबाट उठाउँदै सम्पूर्ण महिला पत्रकारहरुको हक हितमा लड्दै क्षमता अभिवृद्धिमा योजना बद्ध ढङ्गले अगाडी बढ्ने बताइन् ।


























