हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकाको लस एन्जेलसमा आगलागी : दर्जनौंको मृत्यू

ऐजेन्सी । काठमाडौं,२९ पुस २०८१ सोमवार ।  अमेरिकाको लस एन्जेलसको आगलागीमा कम्तिमा पनि १६ जनाको मृत्यु भइसकेको छ।  एन्जेलस शहर अझै अग्निबाट भयमुक्त हुन सकेको छैन ।

अग्नि नियन्त्रणमा खटिएका अधिकारीहरुका अनुसार अग्नि नियन्त्रक कर्मचारीहरु एन्जेलस नेशनल फरेस्टमा भड्कीएको नयाँ डढेलोसँग निपटीरहेका छन् । जहाँ मिलार्ड झरनासँगै लोकप्रिय पर्वतारोहण समेत रहेको बताइन्छ । जुन अहिले हड्डी जस्तै सुख्खा देखिएको बताइएको छ । 


एलएका अग्निशमन प्रमुखका अनुसार तीब्र रुपमा चलेको हावाको अर्थ आगोको अधिक खतरा भन्ने बुझ्नु पर्नेहुन्छ । उनले खोज तथा वचाउ अभियानका दौरान थप तीन जना मृत भेटिएको समेत जानकारी दिएका छन् । 

एलएमा लागेका तीन डढेलो मध्ये एउटा पूर्ण नियन्त्रणमा आएको र अन्य दुई डढेलो नियन्त्रणको प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button