हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा महाकुम्भ सुरु  : ४० करोड भक्तजनको सहभागिता रहने, हेलिकोप्टरबाट २० क्वीन्टल गुलाबको फुलबाट पुष्पवृष्टि

प्रहार समाचार । भारत , २९ पुस २०८१ सोमवार । भारतमा आज बाट महाकुम्भ सुरु भएको छ ।   भारतको उत्तर प्रदेशस्थित प्रायग राजमा महाकुम्भ मेला सुरु भएको हो ।  गङ्गा जमुना र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो।

उत्तर प्रदेश सरकारले आगामी महाशिवरात्रीसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान गरेको छ।आज पौष पूर्णिमाको पहिलो स्नानमा १ करोड भक्तजनले संगममा स्नान गर्ने अपेक्षा गरिएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन्।

१२ किलोमिटर क्षेत्रमा नुहाउने घाट बनाइएको छ, र संगम पुग्न भक्तजनले १० देखि १२ किलोमिटर पैदल हिँडिरहेका छन्। ६० हजार सैनिक, प्रहरी, र अर्धसैनिक बल खटाइएको छ। विदेशी भक्तजनको पनि सहभागिता रहेको महाकुम्भमा एप्पल सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि पुगेकी छन्। यो दुर्लभ खगोलीय संयोजनमा १ सय ४४ वर्षपछि आयोजना भएको छ।

मेलामा आज पहिलो शाही स्नान हुनेछ। ४ हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो दिन प्रदेश सरकारले श्रद्धालुलाई हेलिकोप्टरबाट २० क्वीन्टल गुलाबको फुलबाट पुष्पवृष्टि गराएर स्वागत गर्ने तयारी गरेको छ। 

४० दिने मेलामा उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह, विभिन्न सांगीतिक कार्यक्रमसहित कयौँ धार्मिक कार्यक्रमको तालिका बनाएको छ। यो मेलालाई ठूलो धार्मिक कार्यक्रम मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक शक्ति प्रदर्शनका रुपमा समेत लिइएको बीबीसी हिन्दीले जनाएको छ। 

मेलाको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ। श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरु तयार गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button