हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवती मा. वि. दमौलीको पोल्टामा

प्रहार समाचार । तनहुँ,२९ पुस २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकाको आयोजनामा भएको माध्यम विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको उपाधि   व्यास २, दमौली स्थित सत्यवती माध्यमिक विद्यालविको पोल्टामा परेको छ।

व्यास नगरपालिका नम्बर १, भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले लगातार तीनपटक  जित हात पार्दै रनिङशील भित्र्याउन सफल भएको छ।

सत्यवती माध्यमिक विद्यालयले  १५ स्वर्ण, ६ रजत, ७ कास्य गरी जम्मा २८ पदक सहित प्रथम हुन सफल भएको हो।

त्यस्तै निर्मल माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १४ पदक प्राप्त गरी द्वितीय हुन सफल भएको छ ।

त्यस्तै व्यास ६, सिसाघाट स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयले ३ स्वर्ण, ७ रजत र २ कास्य गरी कुल १२ पदक प्राप्त गरी तृतीय हुन सफल भएको छ।
विजयी विद्यालयका विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हिजो मेडल ट्रफी र शिल्ड तथा प्रमाणपत्र वितरणगर्दै आगामी दिनमा अझ बढि सफलताको कामना गरे ।

पुरस्कार वितरण कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र खड्खले, सत्यवती मा. वि. का प्रधानाध्यापक पुष्पकला भट्टराई, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका निर्देशक समिति संयोजक एवं निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र वस्नेत , सहायक प्र. अ. वीरबहादुर बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए।

व्यास नगर खेलकुद समितिका  अध्यक्ष एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक जीवन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा  व्यास नगरपालिकाका  सामुदायिक तथा संस्थागत गरी २३  विद्यालयहरुको सहभागीता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button