हेडलाईनसमाचारप्रदेश

उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय

• विजय अधिकारी ( संवाददाता )  प्रहार समाचार । काठमाडौँ, २६ पुस २०१ शुक्रवार ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा निजामती कर्मचारी सरह छुट दिलाउने गृहकार्य अघि बढाएको छ ।

शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्वास्थ्य उपचारमा छुट दिलाउने गरी गृहकार्य अघि बढाएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

उनले भनिन-‘निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन् । तर,शिक्षकहरू त्यो सुविधा बाट वञ्चित भएका कारण करिब एक महिना अघि शिक्षा मन्त्रालयले राय सुझाव सहितको मागका लागि पत्राचार गरेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई राय सुझावका लागि फाइल पेस गरेर शिक्षकहरूलाई उपचारमा छुट दिनु पर्छ भनेका छौँ ।”जसरी निजामती कर्मचारीलाई उपचारमा छुट दिइन्छ,त्यसरी नै शिक्षकहरूलाई छुट दिनुपर्छ भनेका हौ।’ -शिक्षामन्त्री भट्टराई भनिन् ।

उनले  स्वास्थ्य मन्त्रालयबाट आएको राय सुझावका आधारमा शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्ने र अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्था भएपछि शिक्षकहरूले समेत निजामती कर्मचारी सरह उपचार खर्चमा छुट पाउने बताईन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button