प्रहार समाचार । तनहुँ, २६ पुस २०८५ शुक्रवार । लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा साहित्य र गजल प्रेमीहरुलाई मध्यनजर गर्दै ‘लायन्स गजल साँझ २०८१’ हुने भएको छ।

आगामी माघ ११ गते तनहुँको दमौली सभाहलमा गजल सौझ आयोजना गरिने आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

पत्रकार सम्मेलनमा जानकारी दिंदै ऐजुकेटेड चिफ सुरेन्द्र पौडेलले समुदायमा रहेका विपन्न बालबालिकाहरुको सहज पठनपठनमा सहयोग गर्ने तथा बालबालिकाहको पोषण अभिवृद गर्नुका साथै लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउँमा अक्षय कोष खडा गरि दिगो सेवाको काम गर्ने उद्देश्यले गजल साँझ आयोजना गर्न लागिएको बताए ।
क्लवका अध्यक्ष हर्षमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रदिप काफ्ले, वर्तमान अध्यक्ष डिपि अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

गजल साँझमा तनहुँमा जन्मेका चर्चित गजल गायक राज सिग्देल एवं गोरखाका गजल गायक प्रदीप रोदनको प्रस्तुती रहने आयोजकले बताए । कार्यकमको सहजिकरण संस्थाका सचिव महेन्द्र गिरीले गरेका थिए ।
























