हेडलाईनसमाचारप्रदेश

आजको मौसम : दुई प्रदेशमा मौसम बदली रहने

प्रहार समाचार । काठमाडौं,२६ पुस २०८१ शुक्रवार । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ। आज बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा स्थानहरुमा  मौसम सामान्यतया सफा रहने छ।

तराईका केही भू–भागहरूमा बाक्लो कुहिरो लागिरहेको छ। आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको छ। जसका कारण  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएको छ।

आज  दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button