प्रहार समाचार । तनहुँ,२६ पुस २०८१ शुक्रवार । तनहुँको व्यास नगर पालिका वडा नं १२ छाब्दीमा रहेको छाब्दी देवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

साधारण सभाको उदघाटन गर्दै संस्थाका सल्लाहकार एवं समाजसेवी बाबुलाल श्रेष्ठले केहि सहकारीहरुले गलत काम गर्दा धेरै सहकारीहरु प्रति विश्वास घट्दै गएकाे बताउँदै संस्थाले आर्थिक पारदर्शीतामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शोभा पन्थ , शिक्षा समितिका संयोजक माधव पन्थ, छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा, सञ्चालक समितिका सदस्य सूर्य बहादुर केशी , सल्लाहकार हिम बहादुर रानाभाट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा व्यवस्थापक भेषवहादुर थापाले आर्थिक वर्ष २०८१/ ८२ को आर्थिक प्रतिवेदन पेस गर्दै गर्दै संस्थाको कूल पूजी ४ करोड ६६ लाख ४७ हजार ९ सय ६ सपैया रहेको, सेयर सदस्य संङ्ख्या ५ सय ८ जना रहेको , शेयर पूँजी १ करोड ११ लाख ३६ हजार ६ सय रहेको, संस्थाले बार्षिक ११ करोड ४० लाख बराबर कारोबार भएको प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गजेन्द्र पन्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण सचिव सृजना रानाभाटले गरेकी थिइन्।
























