हेडलाईनसमाचारगण्डकीम्याग्दे

म्याग्दे गाउँपालिका युनियन अध्यक्षमा श्रेष्ठ

प्रहार समाचार । तनहुँ,२६ पुस २०८१ शुक्रवार । नेपाल निजामती कर्मचारी युनियन म्याग्दे गाउँपालिकाकाे अध्यक्षमा सुर्य  कुमार श्रेष्ठ चयन भएका छन् ।

आज भएको पालिका स्तरिय दाेसाे भेलाले  श्रेष्ठको नेत्तृत्वमा १३ सदस्य समिति निर्विरोध गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा भाष्कर रेग्मी,अनिता वाग्ले, सचिवमा एक कुमार श्रेष्ठ,सह सचिवमा राज कुमार श्रेष्ठ र काेषाध्यक्षमा सक्षम घिमिरे चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा ईन्द्र प्रसाद खनाल, अक्षय कुमार कायस्थ,प्रतिमा अधिकारी, प्रदिप न्याैपाने, श्रीराम खनाल, अनिता शाहि, शेषराज पन्डित र सुवण खनाल  रहेकम छन् ।

अधिवेशनकाे उद्घाघाटन म्याग्दे गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेकाे प्रमुख अतिथ्यतामा भएकाे थियाे ।  म्याग्दे युनियन कार्यवाहक अध्यक्ष  शेषराज पण्डितकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण अधिकारी, युनियनका ईन्द्र प्रसाद खनाल, श्रीराम खनाल लगायतकाले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button