प्रहार समाचार । तनहुँ,२५ पुस २०८१ बिहीवार । अन्ततह राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज हिरासतमुक्त भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि आज उनलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको थियो । उनले अदालतले मागेको धरौटी रकमको बैंक जमानत बुझाएपछि उनि रिहा भएका हुन्।
काठमाडौं जिल्ला अदालतमा पनि रविविरुद्ध सहकारी ठगीको मुद्दा दायर भइसकेको छ । तर, रविले आफैं अदालतमा उपस्थित हुने भनेपछि अदालतमा हाजिर हुने शर्तमा रास्वपाको जिम्मा लगाएर रिहा गरिएको हो ।
आ
























