हेडलाईनव्याससमाचारगण्डकी

स्वर्ण जयन्ती मनाउँदै तनहुँको जनजुक्त शाही मा वि : विभिन्न प्रतियोगिताहरु सम्पन्न

प्रहार समाचार । तनहुँ, २५ पुस २०८१ बिहीवार  । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ साँगे, नेपालटारमा रहेको जनजुक्त शाही माध्यमिक विद्यालले  विद्यालयको स्वर्ण जयन्ती विभिन्न कार्यक्रमका साथ मनाई रहको छ।

स्वर्ण जन्मन्ति मनाउने क्रममा पुस १७ गते देखि २२ गते सम्म विद्यालय स्तरीय आन्तिक विविध खेलकुँद प्रतियोगिता सम्पन्न भएको प्रचार प्रसार समितिका संयोजक एवं शिक्षक प्रतिनिधि ऋषिराम वाग्लेले जानकारी दिए ।


यसै गरि २३ गते व्यास नगर स्तरीय माध्यामिक विद्यालय हाजिरीजवाफ  प्रतियोगिता सम्पन्न गरेको छ। हिजो २४ गते पुरुष मिनी म्याराथन प्रतियोगिता सहित विद्यालय स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

आज पुस २५ गते अक्षयकोष दाताहरुबाट  छत्रवृत्ति वितरण  तथा पुरस्कार वितरण गरिने भएको छ । भोलि २६ गते पूर्वी विद्यार्थीहरुको पुर्वरमिलन समारोह हुने पूर्व विद्यार्थी मञ्चका अध्यक्ष बलराम वाग्लेले बताए । २७ गते विद्यालयको मुख्य स्वर्ण जयन्ति उद्घाटन कार्यक्रम नेपाल सरकारका स्वास्थ्य तथा जनसंङ्या मन्त्री प्रदीप पौडेलको प्रमुख अतित्यतामा विभिन्न कार्यक्रमका सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले बताए । 

स्वर्ण  जयन्ती  कार्यक्रमका  लागि  आज  सम्म   १२ लाख ५० हजार  नगद  बैंक  दाखिला  गरिएको  स्वर्ण जयन्ति आर्थिक समितिका संयोजक भाग्यशालि ढुङ्गानाले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button