हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

नवौं तनहुँ महोत्सव सुरु : ‘रोजगारीको आधार कृषि र पर्यटन’ – उपप्रधानमन्त्री सिंह 

प्रहार समाचार । तनहुँ, २५ पुस २०८१ बिहीवार । नवौं तनहुँ महोत्सब आजबाट सुरु भएको छ। महोत्सवको तनहुँको सदरमुकाम दमौली स्थित विपी वनबाटीकामा आज आयोजीत एक कार्यक्रमका बिच उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले  रोजगारीको आधार भनेकै कृषि र पर्यटनको पूर्वाधारको विकास रहेको बताए ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा भएको महोत्सवमा बोल्दै मन्त्री  सिंहले देशको रोजगारीको मुख्या आधार कृषि र पर्यटन भएकोले सरकारले प्राथमिकता दिएको उपप्रधानमन्त्री सिंहको भनाई थियो ।  नेपाल सुन्दर देश र सस्कृतिको धनी भएकोले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवद्धन गर्नु पर्ने सुझाव उनले दिए । कृषि र  पर्यटकीय क्षेत्रको प्रवद्धन र विकासको लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले नीजि यस्ता स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताए ।

पर्यटन प्रवद्धन र विकासमा सङ्घ सरकारले लिएको नीतिलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारको समेत महत्वपूर्ण भूमिका रहने उपप्रधानमन्त्री सिंहको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने,  महोत्सवका निर्देशक पविन्त्रकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ट उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, विभिन्न राजनीतिक दलता नेता लगायतले कृषि उपज  र व्यापारिक सामग्री खरिद बिक्री एवम् सस्कृतिको संरक्षणको लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रम तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको थियो । दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ । सास्कृतिक कार्यक्रमको सहजिकरण सञ्चारकर्मी अन्जु दाहाल र माधवी त्रिपाठीद्वारा गरिएको कार्यक्रममा व्यास नगर तमु समाज झाँकी तर्फ उत्कृष्ट घोषित भई पुरस्कृत गरिएको थियो । त्यसै गरि  छाङ्गेली नेवा खलल द्धितीय, मगर गुठी समिति तृतीय भएका थिए भने सान्त्वना हुनेहरुमा जनभावाना नेवा खल मिस पुचः, मगर सुधार, तनहुँ क्रिश्चियन समाज, बह्माकुमारी राजयोग, क्षत्री समाज तनहुँ र आँबुखैरेनी बजार इकाई समिति भएका थिए ।

भोली खेम सेन्चुरी र टिका सानू लगायत चर्चित कलाकारले प्रस्तुति राख्ने कलाकार संयोजक महेश मल्लले बताए ।  शुक्रबार नै विश्वकै होचो व्यक्ति,  जादुगर गु्रप,  चर्चित डान्सर सविना राना र मनोज गोर्खाली लगायतको प्रस्तुति रहने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button