प्रहार समाचार । अमेरीका,२६ पुस २०८१ शुक्रवार । अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यू भएको छ। प्राप्त समाचार अनुसार अमेरिकाको भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको एक होटल परिसरको पोखरीमा कार चिलिएर खस्न पुग्दा हिंजो उक्त दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट रहेको एनबीसी वाशिङ्गटन डटकमले आफ्नो समाचारमा जनाएको छ ।
कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर पोखरीमा खस्न पुगेको समाचारमा उल्लेख छ। उनिहरु कुन जिल्लाको हुन भन्ने बारेमा भने खुल्न सकेको छैन् ।
























