प्रहार समाचार । तनहुँ,२१ पुस २०८१ आइतवार । जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियानद्वारा विपन्न परीवारलाई सिरक तथा न्यानो कपडा वितरण गरिएको छ।

अभियानले हिंजो एक कार्यक्रमका बिच तनहुँको व्यास नगरपालिकाका विभिन्न वडा तथा गोरखामा सिरक तथा न्यानो कपडा वितरण गरेको हो । अभियानले तनहुँको व्यास नगरपालिका स्थित चिण्टुटार, कन्टार , रामथुम्की र गोरखाको बुङ्कोट गरि विपन्न १ सय घर परीवारलाई सिरक तथा न्यानो कपडा वितरण गरेको अभियानका गण्डकी प्रदेश सचिव राजेन्द्र अधिकारी जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय अभियान प्रमुख रीतु लामा, वाग्मती प्रदेश प्रमुख रामेश्वर यादव, तनहुँ जिल्ला समिति अध्यक्ष भरत खनाल, सचिव सुमनराज पौडेल लगायतको सहभागीता रहेको थियो ।

अभियानले व्यास नगापालिका वडा नं ५, वडा नं १०, वडा नं ११ का साथै गोरखाको बुङकोटमा वडा प्रतिनिधी साथै स्थानिय बुद्धिजीविहरुको उपस्थितिमा उक्त न्यानो कपडा बितरण गरेको थियो । मध्य पुसको जाडोमा न्यानो सिरक पाउँदा विपन्न परिवार हर्षित भएका थिए ।
यसै बिच जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियानद्वारा तनहुँमा १० वटा एकल विद्यालयहरु सञ्चालनमा रहेको बताइएको छ। एक जना शिक्षकले विहान तथा बेलुका फुर्सदको समयमा गाउँ घरका २० जना विद्यार्थीहरु बटुलेर संस्कारी शिक्षा प्रदान गर्दै आएको जनाएको छ । अभियानले नेपालमा १ हजार भन्दा बढी यस्ता विद्यालयहरु सञ्चालन गरि बिना भेद भाव सबै समुदायका कलिला बालबालिकाहरुलाई संस्कारी शिक्षा प्रदान गर्दै गरिंदै आएको राष्ट्रिय अभियान प्रमुख रीतु लामाले जानकारी दिइन् ।

प्रत्येक विद्यालयलाई वार्षिक रुपमा ३६ हजार व्यक्ति स्वयंले दान दिएर संस्कारी शिक्षा प्रदान गरिएको गण्डकी प्रदेशका सचिव राजन अधिकारीले जानकारी दिए । यस्तो शिक्षाले विद्यार्थीहरुको चौतर्फी बिकास हुनुका साथै समाजमा नैतिकता, आचरण, सद्भाव , धार्मिक भावना तथा आफ्नो कर्तव्य बोध हुने संस्थाको ठम्याई छ। जहाँ अध्यारो हुन्छ त्यहाँ उज्यालो छर्नु पर्छ भन्ने उद्देश्यले कतैबाट सहयोग नभई व्यक्ति स्वयं को सहयोगबाट यो कार्य गरिएकोअभियानका गण्डकी प्रदेश सचिव राजेन्द्र अधिकारीले बताए ।

























