हेडलाईनसमाचारप्रदेश

आजको मौसम : दुई प्रदेशमा बदली रहने

प्रहार समाचार । काठमाडौँ,२० पुस २०८१ शनिवार । अहिले देशभर पश्चिमी वायुको  प्रभाव सामान्य  रहेको जनाएको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ

अहिले बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति हिमाली भूभागको  एकाध स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button