हेडलाईनसमाचारबन्दीपुरगण्डकी

असुरक्षीत बन्दै तनहुँको बन्दीपुर केवलकार : यात्रु ओसार्ने  डिब्बा नै खस्यो, केबलकार बन्द

• शंकरराज नहर्की । प्रहार समाचार । तनहुँ २० पुस २०८१ शनिवार । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालीत ‘बन्दीपुर केवलकार’को यात्रु ओसार्ने डिब्बा नै खसेको छ। मानिस ओसार्ने डिब्बानै खसेपछि केवलकारको सुरक्षामा चुनौती थपिएको छ।

२ नम्बर पोलनिरको भागमा लिगनै भाँचिएर डिब्बा खसे पछि यस्तो स्थिति सृजना हुन पुगेको हो । लिग भाँचिएर तार तल लत्रीएर एउटा डिब्बा भुइँ नजिकै तुरलुङ्ग झुन्डिन पुगेको स्थानीय प्रत्यक्षदशीले बताए ।  
उक्त डिब्बा सन्जोगले खाली रहेको हुँदा कुनै मानवीय लगायतका अन्य क्षति भने हुन नपाएको बताइएको छ ।

लिग भाँचिएर डिब्बा लत्रिंदा ठुलो आवाज आएको र स्थानीयहरू के भएछ भनेर बाहिर निस्कँदा केवलकारको डिब्बा खसेको अवस्थामा भेटिएको स्थानियले बताए । अहिले केवलकारमा समस्या आएकाले मिस्त्रीलाई पोलमा चढाएर काम भइरहेको छ । 

हेर्नोस् पोलमा चढेर काम गर्दै गरेका मिस्त्रिहरु :

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेले हिंजो एक सूचना जारि गरेर आज र भोली (२० र २१ गते ) बन्द केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टियुभि.अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरउन्नती गर्नुपर्ने भएकाले २ दिनका लागि बन्द गरिएको जनाएको छ ।


हेरौं सूचना :

‘अब कुन विश्वास र भरोसाले  बन्दीपुर केवल कारमा यात्रा गर्ने’ – बन्दीपुरका स्थानिय रामलाल श्रेष्ठले भने ।

यस सम्बन्धमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई सम्पर्क राख्दा प्राविधित कारणले केवलकार बन्द भएको भन्ने आफूले सुनेको र यात्रु ओसार्ने डिब्बानै खसेको जानकारी आफूलाई नभएको बताए । ‘थापाले कम्पनीलाई भोलिनै पत्र काटेर स्पष्टिकाण सोधिने छ ‘ प्रजिअ थापाले प्रहार समाचारलाई भने ।

अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा  सञ्चालनमा ल्याइएको भनिएको केवलकारको डिब्बा कसरी खस्यो ? कुन आधारमा मापण्ड पूरा भयो भन्ने प्रश्न यति बेला उब्जिएको छ । केवलकार गत बैशाख १ बाट सञ्चालनमा आएको हो ।

उता टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी प्रदान गरिएको भनिएको प्रमाण पत्र (सर्टिफिकेट) माथि नै यति बेला प्रश्न उठेको छ।  मानिस बोक्ने डिब्बानै खस्ने खालको प्रमाण पत्र कसी दियो अर्को प्रश्न चिन्ह खडा भएको छ। कम्पनीले  करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको दावी गरेको छ। कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच सय  यात्रु बोक्न सक्ने क्षमता रहेको बताइन्छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button