हेडलाईनसमाचारगण्डकीखेलकुद

आज ३२ औं त्रिवेणि कपको फाईनल खेल आज : एपिएफ फुटबल क्लब,काठमाडौं र घरेलु टोली बुद्ध युवा क्लब (विवाईसी)भोटेवोडार भिड्दै

• विजय अधिकारी ( संवाददाता ) २० पुस २०८१ शनिवार ।  लमजुङ सदरमुकाम  बेसीशहरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको त्रिवेणी कप फुटबलको फाईनल खेल आज भईरहेको छ । आजको पहिलो खेल विभागीय टोली एपिएफ फुटबल क्लब,काठमाडौं र घरेलु टोली बुद्ध युवा क्लब(विवाईसी)भोटेवोडार लमजुङ भिड्दै छन्।

जिल्ला सदरमुकाम बेशिसहरमा सञ्चालन भइरहेको ३२ औं त्रिवेण कपको शुक्रबार भएको  सेमिफाइनल खेलको पहिलो खेलमा एपिएफले आयोजक त्रिवेणी युवा क्लब, बेसीशहरलाई २-१ गेलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेल शुरु भएको २१औं मिनेटमा एपिएफ हरि कार्कीले गरेको गोल गरेका थिए भने खेलको दोस्रो हाफको ६७ औं मिनेटमा आयोजक टिम त्रिवेणीका सुनिल खड्काले गोल गरी बराबरी बनाउन सफल भए पछि खेल प्रतिशपर्धात्मक र रोमाञ्चक बनेको थियो ।
त्यस्तै खेलको ८७ औं मिनेटमा एपिएफका प्रदिप लामाले दोस्रो तथा निर्णायक गोल गर्दै आफ्नो टोलीलाई फाईनलमा प्रवेश गराउन सफल भए ।   निर्णायक गोल गरेका एपिएफका प्रदिप लामा नै खेलको ‘म्यान अफ द म्याच’ समेत घोषित भएका थिए ।


त्यसैगरी सेमिफाइनल खेलको दोस्रो खेलमा बुद्ध युवा क्लब,भोटेवोडार (वीवाईसी) लमजुङ र टोखा भगवती फुटबल क्लब काठमाडौंले निर्धारित समयको खेल अवधिमा गोल रहित बराबरी भए पछी पेनाल्टी सुट आउट मार्फत बुद्ध युवा क्लब,भोटेवोडार (वी.वाइ.सी)ले ५-४ गोल अन्तरका साथ टोखा भगवतीलाई हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।   

 
दोस्रो खेलमा बुद्ध युवा क्लबका गोलरक्षक कृषल मोक्तान ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । उनीहरूलाई जनही नगद  ७ सात हजार ५ सय रूपैँया प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिएर ।

अनुसार-प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाख रुपैयाँ सहित त्रिवेणी कप,स्वर्ण पदक र प्रमाणपत्र,दोस्रो हुने समूहलाई रजत पदकसहित नगद ६ लाख रुपैयाँ र सेमिफाइनल उपविजेता दुई समूहलाई नगद २–२,लाख रुपैयाँ प्रदान गरिने भएको छ ।


सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५,२५ हजार रुपैयाँ दिइने भएको छ । क्वाटरफाइनल देखी प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिएको अध्यक्ष घिमिरेले प्रहार समाचारलाई बताए ।
प्रतियोगिताको फाइनाल खेल तथा समापन आज  हुँदै छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button