प्रहार समाचार । तनहुँ,२० पुस २०८१ शनिवार । तनहुँको सदरमुकाम दमौलीमा व्यास नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप २०८१ भलिवल प्रतियोगिताको उपाधि व्यास नगरपालिका वडा नं – ६ को पोल्टामा परेको छ।

वडा नं ६ ले वडा नं १३ लाई ३- २ को सेटले जित्न सफल हो । विजेता भए सङ्गै वडा नं- ६ ले नगद ३७ हजार ५ सय , कप , मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा वडा नं- १३ उपविजेता भए सङ्गै नगद २२ हजार ५ सय कप , मेडल र प्रमाणपत्र प्राप्त गऱ्यो । त्यसै गरि प्रतियोगितामा सन्त्वना वडा नं १४ र वडा नं ५ भए । ती वडाका खेलाडीहरुले नगद १०/ १० हजार, ट्रफि र प्रमाणपत्र पाए । प्रतियोगितामा वडा नं- १३ का राजिव आले उत्कृष्ट खेलाडी घोषित भए भने वडा नं- १३ का खेलाडीअनिल श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगितामा विजयी सम्पूर्ण वडाका खेलाडीहरुलाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले कप , मेडल, प्रमाणपत्र प्रदान गोका थिए । ११ टिमको सहभागीता रहेको प्रतियोगिता हिंजो र आज भएको हो।
व्यास नगर खेलकुँद समितिका संयोजक एवं वडा नं- ६ का वडा अध्यक्ष कुमार गुरुङको सभापतित्वमा सम्पन्न समान्त पुरस्कार वितरण कार्यक्रमको सहजिकरण व्यास नगर शिक्षा अधिकारी केदार आचार्यले गरेका थिए ।
























