हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल मगर विद्यार्थी संघ तनहुँद्वारा ‘भेटघाट तथा वनभोज कार्यक्रम’ सम्पन्न

प्रहार समाचार । तनहुँ, २० पुस २०८१ शनिवार ।  नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँको आयोजनामा आज भेटघाट तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ।

व्यास १० छाङ्ग बाराही मन्दीर परिसरमा भएको उक्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय निर्वाचन मण्डल संयोजक सिद्धान्त गर्जा मगरले  आपसी सद्भाव, सहमती र एकताकासाथ सम्पूर्ण विद्यार्थीहरुको हक र हितमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा  नेपाल मगर संघ  गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष मणिराज थापा मगरले अझै पनि मगर विद्यार्थीहरु पछि परेकाले आफ्नो हक र अधिकारकालागि लड्दै शैक्षिक क्षेत्रमा जागरूप भएर लाग्नु पर्ने बताए ।


कार्यक्रममा नेपाल मगर संघ  गण्डकी प्रदेशका सचिव नन्दु थापा मगर , नेपाल मगर संघ  तनहुँ जिल्लाका उपाध्यक्ष हर्क बहादुर थापा, नेपाल मगर विद्यार्थी संघ  जिल्ला समिति तनहुँका  नि वर्तमान अध्यक्ष बिनिता थापा मगर, पूर्व अध्यक्षहरु सिजन थापा मगर, सुजन थापा मगर र बसन्त थापा मगर लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसका सचिव अनुप आले मगर, नेपाल मगर विद्यार्थी संघ  आदिकवि भानुभक्त क्याम्पस इकाई समितिका अध्यक्ष सोन आले मगर, परासर कलेज इकाइका अध्यक्ष मदन आले मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यार्थी संघ जिल्ला समितिका अध्यक्ष  विजय थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button