प्रहार समाचार । तनहुँ,१७ पुस २०८१ बुधवार । पहाडकी रानी उपनामले परिचित नेपालकै उत्कृष्ट गन्तव्य स्थल बन्दीपुरमा विशेष कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ।

भ्रमण वर्षको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्दै पर्यटन उद्योगको विकासबाट देशको समृद्धि सम्भव रहेको बताए ।
मन्त्री दाहालले सुन्दर नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकहरु ओइरो लागेर आएको देख्दा आफूलाई धेरै खुशी लागेको बताउँदै पर्यटकहरुलाई लक्क्षित गरि आवश्यक पूर्वाधारहरुको विस्तारमा जोड दिन आग्रह गरे । देशको समग्र पयंटन उद्योगको राम्रो हिस्सा बन्दीपुरले ओगटेको बताउँदै यहाँको , मौलीक भक्तपुरे शैलिका चिटिक्क परेका घरहरु, कला, संस्कृति , रितिरिवात र परम्पराहरुको संरक्षणमा जोड दिए ।

राष्ट्रिय सभाका सांसद एवं नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले बन्दीपुरमा पर्यटकहरुको बृद्धि गर्न भौतिक पूर्वाधारमा सरकारको ध्यान दिन आग्रह गरिन्। सिङ्गो तनहुँ जिल्ला धार्मिक , सांस्कृतिक , ऐतिहासिक , साहित्यिक र पुरातात्मिक हिसाबले पनि महत्वहरण भएकाले यसको विकासमा सरकारको ध्यान जानु पर्ने बताइन्।


कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं बन्दीपुर कमण बर्ष २०१५ का मूल संरक्षक सुरेन्द्र बहादुर थापाले प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध बन्दीपुर बनाउने उद्देश्यले दुई लाख पर्यटक भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना गरिएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं माओवारीका नेता हरिबहादुर गुरुङ , गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ , पर्यटन विद् हरिसिंड गुरुङ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले बन्दीपुरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन यहाँको मौलिक वास्तुकला , संस्कृति , रितिरिवाज र परम्परालाई जोगाउँदै भौतिक पूर्वाधारहरुको विकास गरेर पर्यटकहरुको बसाई लम्व्याउन सकिनेमा जोड दिए ।

कार्यक्रका भ्रमण वर्ष मूल समारोह समितिका संयोजक बैंश बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण बन्दीपुर गाउँपालिका वडा नं १ का अध्यक्ष एवं पलिकाका प्रवक्ता चिजकुमार श्रेष्ठले गरेका थिए ।

यस अघि विभिन्न आमा समूह, क्लव तथा संस्थाहरुले आआफ्नो झोकी जुलुस सहित बन्दुर बजारको परिक्रमा गरेका थिए । यसका साथै गुरुङ, मगर , नेवार, थारू लगायतका जातजातिहरुले आआफ्नो संस्कृति तथा नाच प्रदर्शन गरेका थिए । भ्रमण वर्ष उद्घाटनको अघिल्लो दिन हिंजो मङ्गलबार बाट नै बन्दीपुरमा पर्यटकहरुले भरिभराउ रहेको पर्यटन व्यवसायी शिव पियाले बताए ।


तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ। पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिमशृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।

प्रमुख आर्कषण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्कलगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् । बजार वरपर गुृरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ ।

नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।

























