हेडलाईनसमाचारगण्डकी

लमजुङबाट बालिका अपहरण गरी भारत लैजाने शेख पक्राउ

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, १७ पुस २०८१ बुधवार ।  लमजुङको सदरमुकाम बेसीशहरबाट बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले शेख परिवारलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया-५,घर भई हाल बेसीशहर नगरपालिका वडा नम्बर -७,सहजी बस्दै आएका ४० वर्षीय शेख सइतुला,उनको श्रीमती र छोरा रहेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।


उनका अनुसार- मंसिर २४ गते बिहान अन्दाजी ८ : ३० बजेको  समयमा बेसिशहर नगरपालिका वडा नं ७ बस्ने वर्ष १४ की  नामथर परिवान ३८(११) बालिकालाई परिवारलाई थाहै नदिई बेसीशहरबाट अपहरण गरि लगेका थिए ।

बालिकालाई नेपाल र भारतको सीमावर्ती क्षेत्र बाट उद्दार गरी ल्याइएको र सोही क्षेत्र ।बाट नै शेख परिवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    शेख साईतुलाले आफ्नो छोराले भगाएर लगेको भनी बालिकाकी आमालाई फोन गरे पछि घटना बाहिरिएको र प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
बालिकालाई उद्दार गर्नुका साथै घटनामा संलग्न तीन जनालाई पक्राउ गरी सोमबार ल्याईएको र मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा  जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार-शेख परिवारले बालिकालाई भारत लानु अघि मोबाइल समेत किनी दिएका थिए । बालिकालाई ललाई-फकाई विभिन्न प्रलोभन देखाएर भारत लैजाने क्रममा उद्दार गरि घटनामा सम्लग्नलाई पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ ।
शेख परिवार लमजुङ बेसीशहरको सहजिमा सिरक डसनाको काम गर्दै आएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button