प्रहार समाचार । तनहुँ, १७ पुस २०८१ बुधवार । आज १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज नेपाली टोपी दिवस मनाउँदै छ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान का रूपमा पनि यो दिवस मनाउन लागिएको छ ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।
























