प्रहार समाचार । तनहुँ,१७ पुस २०८१ बुधवार । तनहुँको भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीलाई भानुभक्त कालिन बिर्खे टोपी लगाई स्वागत गरिएको छ।

भण्डारी पालुङ्टार नगरपालिकाबाट सरुवा भई आएका हुन्। उनलाई आज भानुनगरपालिकामा एक कार्यक्रमका बिच नगर प्रमुख आनन्दराज त्रिपाठी, उप प्रमुख उमा गोतामे सहितका जनप्रतिनिधि सहित कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्वराज पौडेल लगायतका कर्मचारीहरुले स्वागत गरेका हुन्।

नगर प्रमुख त्रिपाठीले त्यस अवसरमा नगरपालिकाको हरेक कामहरु विश्वासनिय ढङ्गले सम्पादन गर्नु पर्ने बताए । उनले चुस्त दुरुस्त नागरिक सेवा प्रवाह एवं नयाँ सृजनात्मक कार्यको लागि जनप्रतिनिधि र कर्मचारी एक जुट भएर लाग्नु पर्ने बताए । नगर प्रमुख त्रिपाठीले फरक जिम्मेवारी र भूमिका निर्वाह गर्दै समुन्नत र विकसित नगर निर्माणमा लाग्नु पर्ने बताए । उप प्रमुख उमा गोतामे, कर्मचारीको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्वराज पौडेल लगायतले भण्डारीलाई स्वागत गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत भण्डारीले राष्ट्रिय विभूति भानुभक्तको ऐतिहासिक जिल्लामा आउन पाउँदा खुशी लागेको बताउँदै, नीति नियम र कानुनको परिपालना गर्दै जनप्रतिनिधि र कर्मचारीहरुको सामूहिक एकतामा नगरपालिकामा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
























