प्रहार समाचार । तनहुँ,१७ पुस २०८१ बुधवार । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको छ। विश्वभर विविध कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ ।

नेपालसहित विश्वभरका मानिसले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
यसै बीच तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा विविध कार्यक्रमका साथ नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ ।

विविध विविध सांगीतिक कार्यक्रम हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुले बन्दीपुर बजार भरि भराउ भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
‘ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू बन्दीपुरमा आएर रमाए ।’ उनले थपे। यसले यहाँको पर्यटन प्रवर्धन ठूलो योगदान पुर्याएको अध्यक्ष थापाले सुनाए ।
























