सुशिल वि क (प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ,१६ पुस २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं १० आहालेमा रहेको जनता माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ।

दमौलीका सुदिप गफ्फारले व्यास-१० मा रहेको जनता माध्यमिक विद्यालयमा अध्यायनरत २० जना विधार्थीहरुलाई स्विटर र मोजा वितरण गरेका छन्। उक्त अभियानमा ड्यामल्याण्ड एकेडेमीले विद्यार्थीहरूलाई कपी र कलम सहयोग गरेको थियो ।
आर्थिक अवस्था कमजोर तथा विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेको विद्यालयको प्रधानाध्यापक विष्णु बहादुर बि क ले प्रहार समाचारलाई बताए । सुदिपको अभियानमा साथिहरु रजिम मिया, विवेक सापकोटा, ज्योति रोक्का, कृष्ण प्रजापति,अनुप आले, मधु आले, रोबिन श्रेष्ठ र सागर घिमिरेको साथ र सहयोग रहेको आकाश बि.क. ले जानकारी दिए ।

यस अघि सुदिप र उनको टोलीले पुस १२ गते व्यास-१० दुम्सीमा रहेको शिव माध्यमिक विद्यालयमा अध्यायन गर्ने ३२ जना विधार्थीहरुलाई स्विटर र मोजा वितरण गरेका थिए । आर्थिक अवस्था कमजोर तथा विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक चन्द्रमणी कोईरालाले धन्यवाद दिएका थिए ।

























