हेडलाईनसमाचारगण्डकी

इटहरी उप महानगर पालिकाको गेटमा शङ्कास्पद वस्तु फेला पऱ्यो

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । सुनसरी, १६ पुस २०८१ मङ्गलवार । सुनसरीको इटहरी उप महानगरपालिकाको गेटमा र अन्य ठाउँहरुमा शङ्कास्पद वस्तु फेला परेको छ ।

उपमहानगरको गेटमा कालो झोलामा भेटीएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको सुनसरीका प्रहरी उप निरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार-कालोझोला भित्र  कुकर रहेको र कुकर भित्र राष्ट्रिय सुरक्षा दल नेपाल नामको पर्चा भेटीएको छ ।

संङ्कास्पद वस्तु भोटे पुल र बुढी खोलामा बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनीए जस्तै उपमहानगरपालिकाको गेटमा मात्र भेटीएको थियो । भोटे पुलमा शङ्कास्पद वस्तु नभएको बताए । बुढिखोला पुलमा  शङ्कास्पद वस्तु भए नभएको खोजीका लागि तालिम प्राप्त कुकुर सहितको टोलि खटिएको उनले बताए ।


बुढी खोला पुल मुनि एउटा बोरामा शङ्कास्पद वस्तु भएको आशङ्का गरिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको तिमल्सिनाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button