व्यासहेडलाईनसमाचारगण्डकी

आज ४८औ मेलमिलाप दिवस : बिपि विचार समाजद्वारा दमौलीमा अन्तरक्रिया सम्पन्न

प्रहार समाचार । तनहुँ, १६ पुस २०८१ मङ्गलबार । आज ४८औं मेलमिलाप दिवश देशैभरी विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यसै अवसरमा  बिपि विचार समाज तनहुँले दमौलीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै  युवा नेता दीपक राज जोशीले मेलमिलाप दिवस कांग्रेसको मात्र होइन सबै पार्टीको हुनुपर्छ भन्दै मेलमिलाप समाजको समृद्धिको लागि हुनु पर्नेमा जोड दिए ।


उनले  मेलमिलाप  सत्तामा जाने भऱ्याङ बनाइएको र  सिद्धान्तमा विचलन आए पछि कुनै पनि पार्टीको अस्तित्व नरहने बताए । नेता जोशीले भने – ‘अहिले नेपालमा सिद्धान्त विचल आएको छ, बीपी विचारको देखावटी खोल ओढेर बसेका छन् । ‘ राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर समाज निर्माणमा  जुट्न पर्ने बेला आएको उनको भनाई थियो ।   ‘आगामी दिनमा बीपी कोइरालाको सम्झना  उहाँले देखाएको मेलमिलापको पथलाई पछ्याउँदै गरियोस्, बोक्रे सम्मान देखाएर होइन’ उनले थपे ।

कार्यक्रममा वरिष्ट अधिवक्ता  परशुराम गिरीले बिपिको मेलमिलाप नीति बारे प्रस्ट पार्दै उनले लिएको बाटो लिनु पर्ने बताए । अधिवक्ता ऋषिराम पोखरेलले बिपि कोइरालाको मेलमिलापको नीति कांग्रेसले अनुशरण नगरेको कारणले नेपाली कांग्रेसको राजनैतिक अस्तित्व सकिएको बताए ।

कार्यक्रममा बिपि विचार समाजका केन्द्रीय सदस्य सुकुम गुरुङले  राजाको राष्ट्रिययता , बीपीको प्रजातन्त्र साथ साथ नगएकोले  आज हाम्रो समाज को यस्तो अवस्थामा पुगेको धारणा राखे ।

कार्यक्रममा बिपि विचार समाजका रघु बहादुर केसी, कमलभक्त पोखरेल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रम बिपि विचार समाजका कार्यबाहक सभापति क्याप्टेन रेशम बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न  भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button