हेडलाईनसमाचारगण्डकीमनोरञ्जनखेलकुद

लमजुङमा गोरु जुधाई प्रतियोगिता : कुमराजको गोरु पहिलो

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, १६ पुस २०८१ मङ्गलवार । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर -२,परेवाडाँडामा  गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। देवभुमि युवा क्लवको आयोजनामा भएको उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका वडा नम्बर -७, तार्कुटारका कुमराज परियारको गोरु पहिलो भएको थियो । 

त्यसैगरी सुन्दरबजार नगरपालिका वडा नम्बर-२,परेवा डाँडाका प्रकाश पन्तको गोरु दोस्रो र तनहुँको भानु नगरपालिका वडा नम्बर -१०, दुधेकुनाका विष्णु रावलको गोरु तेस्रो हुन पुगेको थियो ।

प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई नगद १५ हजार , द्वितीय हुने गोरु धनीलाई नगद १० हजार र तृतिय हुने गोरु धनीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्लबका सचिव उत्सव मल्लले  जानकारी दिए ।

उनका अनुसार-लमजुङको परेवाडाँडाको खड्का गाउँमा रहेको आहाले खेल मैदानमा बिगत बर्ष देखी निरन्तर १५ पुसको अवसरमा  गोरु जुधाई प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

क्लबका अध्यक्ष महेश परियारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोईरालाले गोरु जुधाई कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो हुने गोरुका धनीलाई पुरस्कार वितरण गरेका थिए भने उक्त कार्यक्रमको सहजिकरण  क्लबका सचिव उत्सव मल्लले गरेका थिए । गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका २० वटा गोरुको सहभागीता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button