प्रहार समाचार । दक्षिण कोरिय, १६ पुस २०८१ मङ्गलवार । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। दक्षिण कोरियाली अदालतले मंगलबार उनीविरूद्ध पक्राउ अनुमति जारी गरेको रोयटर्सले जनाएको छ।

डिसेम्बर ३ मा सैन्य शासन लागु गरेपछि उनीविरूद्ध महाअभियोग लागेको छ। महाअभियोगको प्रस्ताव पारित भएसँगै उनी निलम्बित छन्। उच्चस्तरीय व्यक्तित्वहरू माथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पनि पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको पुष्टि गरेको छ।
दक्षिण कोरियाको इतिहासमा कुनै राष्ट्रपतिविरूद्ध नै पक्राउ अनुमति लिएको यो पहिलो पटक हो। योन्हाप समाचार एजेन्सीले कार्यालयलाई उदृत गरेको समाचार अनुसार जनवरी ६ भित्र राष्ट्रपतिलाई पक्राउ गरी सउल डिटेन्सन सेन्टरमा राख्ने तयारी छ।
























