प्रहार समाचार । तनहुँ, १६ पुस २०८१ मङ्गबार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ खहरेमा सञ्चालित ७औं मिलिजुली कप २०८१ अन्तरगतका खेलहरु आजबाट सुरु हुने भएका छन्।

मिलिजुली यूवा क्लवले हरेक वर्ष वडा स्वरीय खुल्ला भलिवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ।
प्रतियोगितामा ३५ टिमले नाम दर्ता गराएको कार्यक्रमको क्लवका सचिव जित बहादुर थापाले बताए ।

यस अघि हिंजो कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख एवं आदिवासी जनजाति महासङ्घ तनहुँका सल्लाहकार समाजसेवी ताराप्रसाद श्रेष्ठले यूवा पुस्ताहरुलाई खेलकुद प्रति आकर्षीत गराउन यस्ता प्रतियोगिताहरु महत्वपूर्ण रहने बताएका थिए । कार्यक्रममा मिलिजुली यूवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रममा नेपाल मगर लेखक संघ का केन्द्रीय सदस्य गिता मंखली मगर , देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम राना , रास्वपा व्यास नगर अध्यक्ष चूडामणि दाहाल, नेकपा माओवादी व्यास नगरका अध्यक्ष गोपाल सुर्खाली, व्यासजिल्ला समन्वय समिति तनहुँका अध्यक्ष खड्ग बहादुर मगरले आदिवासी जनजातिहरु आफ्नो हक र अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा रत्नहरी अस्पतालका व्यवस्थापक लिल बहादुर मगर, नेपाल मगर संघका उपाध्यक्ष एच वि मगर, नबगाउँदेशी टोल विकास संस्थाका अध्यक्ष राम गुरुङ्ग तथा क्लबका अध्यक्ष राम बहादुर गुरुङ, सचिव केशव थापा लगायतले त्यस अबसरमा आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
र
यसै बिच त्यस अवसरमा तनहुँको व्यास ४ दमौलीमा रहेको रत्नहरि अस्पतालको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। निशुल्क स्वास्थ्य शिविरमा २ सय विरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै नि:शुल्क औषधि बितरण गरिएको अस्पतालका व्यवस्थापक लिल बहादुर थापाले बताए । प्रतियोगिता भोलिबाट सञ्चालन हुने आयोजकले जानकारी दिएको ।
नेपालको राष्ट्रिय खेल भलिवलको जगेर्ना गरौं गाउँ गाउँ टोलटोलबाट खेलाडी उत्पादन गरौं भन्ने मूल नाराका साथ उक्त प्रतियोगित सुरु भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ६० हजार ट्रफी , मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमलाई नगद ४० हजार तथा सान्त्वना हुने टिमलाई दश हजार प्रदान गरिने क्लवका अध्यक्ष राम बहादुर गुरुङले बताए । प्रतियोगिता २१ गते सम्म सञ्चालन हुने छ।
























