प्रहार समाचार । काठमाडौँ, १६ पुस २०८१ मङ्गलवार । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। आज बिहानैदेखि तराईंका धेरै स्थान र उपत्यकाको केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी स्थानमा भने मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ।




















