प्रहार समाचार । तनहुँ, १५ पुस २०८१ सोमबार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ खहरेमा हुने सातौं मिलिजुली कप २०८१ र सांस्कृतिक कार्यक्रम आजबाट सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख एवं आदिवासी जनजाति महासङ्घ तनहुँका सल्लाहकार समाजसेवी ताराप्रसाद श्रेष्ठले संस्कृति, रितिरिवाज र परम्परा आगामी पुस्ताको सम्पत्ति भएकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा मिलिजुली यूवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए ।


कार्यक्रममा नेपाल मगर लेखक संघ का केन्द्रीय सदस्य गिता मंखली मगर , देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम राना , रास्वपा व्यास नगर अध्यक्ष चूडामणि दाहाल, नेकपा माओवादी व्यास नगरका अध्यक्ष गोपाल सुर्खाली, व्यास जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष खड्ग बहादुर मगर, मगर संस्कृतिक दूत बल विक्रम थापा मगर लगायतले आदिवासी जनजातिहरु आफ्नो हक र अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा रत्नहरी अस्पतालका व्यवस्थापक लिल बहादुर मगर, नेपाल मगर संघका उपाध्यक्ष एच वि मगर, नबगाउँदेशी टोल विकास संस्थाका अध्यक्ष राम गुरुङ्ग तथा क्लबका अध्यक्ष राम बहादुर गुरुङ, सचिव केशव थापा लगायतले त्यस अबसरमा आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

रत्नहरि आपताल द्वारा शिशुल्क स्वस्थ्य शिविर

यसै बिच त्यस अवसरमा तनहुँको व्यास ४ दमौलीमा रहेको रत्नहरि अस्पतालको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। निशुल्क स्वास्थ्य शिविरमा २ सय विरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै नि:शुल्क औषधि बितरण गरिएको अस्पतालका व्यवस्थापक लिल बहादुर थापाले बताए । प्रतियोगिता भोलिबाट सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
























